मदर एण्ड चाइल्डले मनायो भव्याताका साथ अन्तराष्ट्रिय नारी दिवस

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टि स्पेस्यिालिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालले भव्यताका साथ १११ औं अन्ताष्ट्रिय नारी दिवस मनाएको छ । लियो क्लब अफ बिराटनगर महानगर र लाइन्स क्ल्ब अफ बिराटनगर शुभमको आयोजना तथा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा बिभिन्न कार्यक्रम गरि अन्ताष्ट्रिय नारी दिवस मनाइएको छ ।
कार्यक्रममा ३५० भन्दा बढि नारीहरुको उपस्थितीमा भव्य ¥यालि निकालिएको हो । समाजका बिभिन्न तहका महिला अधिकारकर्मी तथा बिभिन्न कलेज स्कुलका बिद्यार्थीहरुको उपस्थितिमा उल्लेख्निय सहभागिता थियो । ¥याली मदर एण्ड चाइल अस्पताल — महेन्द्र चौक — ट्राफिक चौक — जलजला मोड—हस्पिटल चौक—न्यूरो हस्पिटल—ट्राफिक चौक हुँदै मदर एण्ड चाइल्ड अस्पतालमा सम्पन्न भएको छ । ¥यालीमा महिला अधिकार सम्बन्धी प्लेकार्ड सहित बिभिन्न नाराहरु लगाईएको लियो क्लब अफ बिराटनगर महानगरका अध्यक्ष विवेक दाहालले बताउनुभयो ।

यस्तै सोहि कार्यक्रममा विभिन्न क्षेत्रमा योयगदान पु¥याउनु हुने महिलाहरुलाई सम्मान समेत गरिएको छ । समाजमा महिलाहरुको हकहितका लागि समेत प्रेरणदायि भुमिका निर्वाह गर्नुहुनेलाई सम्मान गरिएको छ । शिक्षा क्षेत्रबाट शितला सुब्बा , पत्रकारीता क्षेत्रमा तारा आचार्य , नर्सिङ सेवा विगत लामो समय देखि योगदान पु¥याउने हुने अंजुली कार्की , ट्राफिक व्यवस्थापनमा सक्रिय सेवा प्रदान गर्नुहुने चन्द्रकला बिष्ट , १ नं प्रदेशमै पहिलो पटक तथा एकमात्र महिला एम्बुलेन्स चालक लिला बस्ताकोटी , कानुन तथा न्याय क्षेत्रमा निर्मला अर्याल , मिथिला भाषा कला तथा संस्कृतीको संरक्षण तथा सम्वर्धनमा महत्वपुर्ण योगदान पु¥याउने बसुन्धरा झा , साहित्य क्षेत्रमा गंगा सुबेदी , उद्यामशिल क्षेत्रमा चम्पा नेपाल , समाजिक क्षेत्रमा शिता पोख्रेल , खेलकुद क्षेत्रमा रिना श्रेष्ठलाई सम्मान गरिएको लाइन्स क्ल्ब अफ बिराटनगर शुभमका अध्यक्ष मनीका शर्माले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा न्यूरो हस्टिलका कार्यकारी निर्देशक अनिषा विष्टले , समाज रुपान्तरणको बाटोमा अघि बढेको भन्दै अब महिला र पुरुषबीच कायम रहेको भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।यस्तै , कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उप—मेयर इन्दिरा कार्कीले मदर एण्ड चाइल्ड अस्पतालले हरेक बर्ष यस किसिमको कार्यक्रम आयोजना गरेको प्रति खुसि व्यक्त गर्नुभयो ।

यस अस्पतालमा , स्त्री रोग तथा प्रसुति सेवा ,जनरल सर्जरी सेवा , हाड जोर्नी सम्बन्धी सेवा, नवजात शिसु तथा बाल रोग सम्बन्धी सेवा ,दन्तरोग सम्बन्धी सेवा , छाला तथा सौन्दर्य सम्बन्धी सेवा सुचारु भएको छ ।

कार्यक्रममा न्यूरो अस्पथतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्ट , अपरेस्नल डाइरेक्टर राजेश भट्टराई , हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेत ,वरिष्ठ गाइनेक्लोजिस्ट डा.शैलजा क्षेत्री , नारी विकास संघका अध्यक्ष सीता शर्मा , राटरियन गीरीजा सारडा , सुनिता अग्रवाल , मारवाडी महिला मंचका उपाध्यक्ष अमीता पेरीवाल , सत्य साई केन्द्रका १ नं प्रदेश प्रमुख बिजया रायमाझी , बिभिन्न तहका अधिकारकर्मी , पत्रकार , बिभिन्न कलेजका बिद्यार्थीहरुको उपस्थिति थियो । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित