पर्यटन मन्त्री भानुभक्त ढकालद्वारा इटहरी स्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ उदघाटन

इटहरी । सुनसरीको इटहरी २ मा ३० करोडको लगानीमा सञ्चालनमा इपी ल्याण्ड एन्ड वाटर पार्कको उद्घाटन भएको छ । उदघाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रको लगानीले मात्र देश विकास सम्भव रहेको बताएका छन । पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताएका हुन । मन्त्री ढकालले पर्यटनमा नीजि क्षेत्रको योगदान रहेको बताए । नीजि क्षेत्रलाई समेत सरकारले हातेमालो गरेर अगाडी बढाउँने मन्त्री ढकालको भनाई थियो ।

प्रदेश एककै उत्कृष्ट पार्क भएको भन्दै उनले व्यवसायीहरुलाई उत्साहित गर्न आफु हरदम लाग्दै आएको बताए । पर्यटन क्षेत्रको विकासले मात्र विदेशी पर्यटकहरुकाके संख्या बृद्धि हुने उनको भनाई थियो । नीजि व्यापारीहरुको दुखमा पनि सरकारले सहयोग गर्दै आएको मन्त्री ढकालको भनाई थियो ।

सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डी ढकालले नीजि व्यापारीहरु देशको मेरुदण्ड भएको बताए । व्यापारीहरुले करोडौ लगानी गरेर पर्यटनमा उल्लेखनीय भुमिका खेलेको ढकालको भनाई थियो । नीजि क्षेत्र सँग सरकार सहकार्य गर्दै अगाडी बढ्नु पर्ने उनको तर्क थियो ।

पार्कका लगानीकर्ता पूर्व डिआइजी ज्ञानविक्रम शाहले प्रदेश एककै उत्कृष्ट पार्क भएको दाबी गरे । ६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क अघिल्लो वर्ष चैत देखि सञ्चालनमा ल्याउने योजना रहेपनि कोरोना महामारीले गर्दा वर्ष दिन ढिलाई भयो शाहले भने । हामी सरकार सँग हातेमालो गर्दै पर्यटन क्षेत्रको विकासमा लाग्न तयार छौ सञ्चालक शाहले भने ।

पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत तथा पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योगवाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको छ । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन । एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन । दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन ।

पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेको जस्तो आनन्द आउँछ । पार्कमा जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो । यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ । पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, वाल क्लाइम्बिङ ९ चट्टानमा चढ्ने स्थान पनि निर्माण गरिएको छ ।पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा ल्याइने छ । यसमा हिउँबाट आनन्द लिन सकिनेछ । ‘

प्रतिक्रिया

सम्बन्धित