ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरका साथ आयो दराज हाट बजार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराज ले फागुन ११ गतेदखि देखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ । यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ । यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् ।

दराज हाट बजारमा प्रदर्शित “खेल १ रुपैयाँको” गेममा भाग लिये ग्राहकहरुले रु १९,९९९ मूल्यको नयाँ “मोटोरोला जी प्ले” जस्ता पुरस्कार केवल १ रुपैयाँ मा जित्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले रु १५,९९० मूल्यको “अनर वाच म्यगिक” घडी, साथै रु २१,७२५ पर्ने आकर्षक “तिन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस” पनि जित्न सक्नेछन्। इनिहरु सहित रु ७८४५ पर्ने “छ महिनाको डिश होम इन्टर्नेट प्याकेज” पनि जित्न सकिन्छ साथै अन्य उत्पादनहरु पनि रहेका छन् । खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुनेछ ।

किनमेललाई सुविधाजनक बनाउन दाराजले नेपालका ४ अग्रणी बैंकहरूः एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंक सँग साझेदारी गरि सजिलो मासिक किस्त सेवा (ईएमआई) शुरू गरेको छ । माथि उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन् ।

यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट् पाउन सक्छन। यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ । साथै उच्च मागका कारण, दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको छ । यसकारण सुरक्षित र सजिलो अनलाईन किनमेलका फाइदाहरू अनुभव गर्न यो अभियान नयाँ प्रयोगकर्ताहरूको लागि उत्कृष्ट सुरूवात हुनेछ ।

साथै, दराजका सबै नयाँ प्रयोगकर्ताहरूले रु २०० मूल्य भएको पहिलो अर्डर भाउचर निः शुल्क पाउनेछन् । यो केवल नयाँ प्रयोगकर्ताहरुको लागि मात्र हो । यो दराज एप पहिलो चोटी खोल्दा पाइन्छ र २००० वा अधिकको समान खरिद गर्दा प्रयोग गर्न मिल्छ । हाट बजारमा नयाँ प्रयोगकर्ताले अतिरिक्त भाउचरहरू जित्ने मौका पनि प्राप्त गर्नेछन् ।

निः शुल्क वितरण, निः शुल्क भाउचरहरू, र बैंक डेज छुट, र नयाँ ग्राहकलाई थप छूट हुने भएकोले हाट बजार दराजबाट अनलाइन किनमेल गर्नको लागि उत्तम समय हो। हाट बजार को लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्ग ले भने, “ईएमआइ सेवाको सुरुवात, साथै अन्य थुप्रै अफरहर, र नेपालको धेरै नयाँ स्थानहरुमा दराजको होम डेलिभरी सेवा विस्तार भएकोले दराज हाट बजार दुबै नयाँ र पुराना दराज प्रयोगकर्ताहरुको लागी दराजबाट अनलाइन किनमेल गर्न उत्तम समय हो । अहिलेको कठिन समयमा धेरै साना र मध्यम आकारका उद्यमहरू (एसएमई) दराजमा विक्रेता बनेर आय आर्जनको नयाँ प्रवाह प्राप्त गरेका छन् । मलाई आशा छ कि यस अभियानले सबै एसएमई हरुलाई अत्यावश्यक बृद्धि पाउन सहयोग गर्नेछ ।”

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ । त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित