सुनसरीमा प्याब्सनले थाल्यो बाल मनोविज्ञान सम्वन्धि परामर्श अभियान

इनरुवा / निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन सुनसरीले जिल्लामा बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तथा तालिम कार्यक्रम संचालनमा ल्याएको छ ।
प्याब्सन सुनसरीले जिल्लाभरका निजी विद्यालयमा कार्यक्रम संचालन गर्ने गरी बाल मनोविज्ञानमा आधारित अभिभावक तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम थालेको हो ।
उक्त कार्यक्रमलाई अभियानका रुपमा अघि बढाएको बताएको सुनसरी प्याब्सनले बाल मनोविज्ञानमा आधारित रही शैक्षिक परामर्श तथा तालिमलाई अभियानका रुपमा अघि बढाइएको जनाएको छ ।

बालबालिकालाई बोझ हैन् माया गरौं । उनीहरुको इक्षा बुझेर व्यवहार गरौं भन्ने उद्येश्य स्थापित गराउन अभियान सार्थक बन्ने प्याब्सन सुनसरी अध्यक्ष विष्णु कोइरालाको विश्वास छ । कोइरालाले प्याब्सनले थालेको अभियानमा सहजकर्ताका रुपमा शिक्षा तथा बाल मनोविद् पल्लभ सम्मनले प्रशिक्षणको जिम्मेबारी सम्हाल्दै आएको बताए । पल्लभ सम्मनले दुई महिना सुनसरीमा रही बाल मनोविज्ञान सम्वन्धि प्रशिक्षण दिने कोइरालाले बताए ।

प्याब्सन सुनसरीका अध्यक्ष कोइरालाका अनुसार पहिलो चरणमा जिल्लाभरका ३ सय ५० जना प्रिन्सिपललाई बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तालिम प्रदान गरिएको छ । त्यसका अलावा इनरुवा, बराहक्षेत्र र रामधुनीका गरी १७ सय ८० जना शिक्षक समेतलाई अभियान अन्र्तगत प्रशिक्षण दिइएको कोइरालाले बताए ।

यसैबिच पहिलो र दोस्रो चरणको कार्यक्रम सकाएको प्याब्सन सुनसरीले तेस्रो चरण अन्र्तगत अभिभावक तथा विद्यार्थी लक्षित शैक्षिक परामर्श तथा तालिम थालनी गरेको छ । जस अन्र्तगत शनिवार इनरुवा इङ्गिलस बोर्डिङ स्कूलले अभिभावकहरुको लागि बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तथा तालिमको आयोजना गरेको छ ।
प्याब्सन सुनसरीले तेस्रो चरणको कार्यक्रम इनरुवा भित्र रहेका सबै बोर्डिङ स्कूलमा क्रमशः संचालनमा ल्याइने जनाएको छ । प्याब्सनले त्यस पश्चात जिल्ला भरका पालिकामा रहेका विद्यालयमा क्रमश कार्यक्रम संचालनमा ल्याइने जनाएको छ ।

कार्यक्रम अभिभावकीय दायित्व र भूमिका प्रति थप जिम्मेबार बनाउन प्रेरक सिद्ध हुने आयोजकको विश्वास छ । बालमैत्री व्यवहार र सिकाई शैलीका माध्यमबाट बालबालिकामा सकारात्मक प्रभाव दिलाउँदै उनीहरुको सर्वाङिगण बिकासमा योगदान पुर्याउन बाल मनोविज्ञानको ज्ञान महत्वपूर्ण सावित बन्ने उसको ठहर छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित