सुकुना बहुमुखी क्याम्पस सञ्चालक परिषद्काे चौधौँ बैठक सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पस सञ्चालक परिषद्काे चाैधाैं बैठक एक कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले सो बैठकको समुद्घाटन गरेका थिए । उनले सामुदायिक क्याम्पसको प्रगति तथा हितका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित परिषद् बैठकको सफलताको शुभकामना व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि १ नं. प्रदेश सभाका सदस्य लोकप्रसाद सङ्ग्रौला थिए । उनले सुकुना क्याम्पस समान्य अवस्थाबाट प्रगति गर्दै प्रदेश १ कै नमूना र भव्य बन्न सफल भएकोमा यसकाे मेहेनत तथा लगनशीलता देखेर आफु प्रभावित भएको बताए । सासद सङ्ग्राैलाले सुकुना क्याम्पसले आफ्ना कमि कमजोरीकाे सुधार गरेर अझै प्रगति गर्न आवश्यक रहेकाे उल्लेख गरे । उनले क्याम्पसको वृहत्तर हित तथा प्रगतिका लागि आफुले सकेको साथ सहयाेग सकारात्मक किसिमले गर्ने प्रतिबद्वता व्याक्त गरेका थिए ।

 

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले क्याम्पसले हासिल गरेको सफलताबाट आफूले सन्तोष प्राप्त गरेको बताउँदै विद्यार्थीहरुले बाहिर गएर पढ्नु पर्ने समस्याकाे हल यस शैक्षिक प्रतिष्ठानले पूरा गरेको उल्लेख गरे । उनले क्याम्पसका लागि नपाकाे तर्फबाट विद्यार्थीहरुकाे सुविधालाई ध्यान दिएर बस गाडी हस्तान्तरण गर्ने याेजना रहेकाे बताएका थिए । नगर प्रमुख ढकालले कक्षा १२ सम्मकाे पाठयक्रम निमार्ण गर्न स्थानीय सरकारलाई अधिकार भएकोले यसका लागि क्याम्पसले अभिभावकाे जिम्मेवारी ग्रहण गर्न अनुराेध गर्दै टाढाका विद्यार्थीहरुलाई काेठा भाडामा बसेर पढ्न महगाे भएकोले हाेस्टेल निर्माणमा ध्यान दिन जरुरी रहेको बताए । उनले कार्यक्रममा क्याम्पसले प्राविधिक धारका विषय सञ्चालन गर्न आवश्यक रहेकाे कुरामा थप जाेड दिदै भौतिक सुधारका लागि आफुले सकेको साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

क्याम्पस सञ्चालक परिषदकाे चाैथाैं बैठकमा जनता बहुमुखी क्याम्पसका सहायक प्राध्यापक डा. टोलनाथ काफ्ले , क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ लगायतले परिषद् बैठकको सफलताको शुभकामना व्यक्त गरेका थिए । परिषद् बैठकमा सञ्चालक समितिका सदस्य टीकाप्रसाद कट्टेलले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा क्याम्पस प्रमुख चन्द्रमणि राईले प्रस्तुत गरेको क्याम्पसको प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र आ.व. २०७७/२०७८ को लागि प्रस्तुत भएको रु. १४,३०,१५,७९२ को अनुमानित आयव्यय बजेटलाई परिषद् बैठकले पारित गरेको थियो । त्यसैगरी लेखा समितिको तर्फबाट योगराज काफ्लेले प्रस्तुत गरेको प्रतिवेदन पनि बैठकले पारित गरेको थियो । बैठकले स्वतन्त्र अर्डिटले प्रस्तुत गरेको आ.व. २०७६ /०७७ को अर्डिट रिपोट उपर छलफल गरी पारित गरेको छ । क्याम्पस सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापाले प्रस्तुत गरेकाे “क्याम्पस विधान २०७७” लाई दफावार छलफल गरी बैठकले पारित गरेको छ । त्यसैगरी बैठकले चालु आ.व. को अर्डिट गर्न अर्डिटरको नियुक्ति गरेको छ ।

उक्त बैठकले क्याम्पसको अक्षयकोषमा रु. दुई लाख वा सो भन्दा माथि चन्दा सहयोग गर्ने दाताहरू सुशील मास्के, सुन्दरहरैँचा–१२ रु.३ लाख ५१ हजार तथा प्रदीप मास्के बाट रु.३ लाख ५१ हजार तथा गौरा ढकाल, सुन्दरहरैँचा–९, मोरङ रु.२ लाख सहयाेग गर्ने लाई क्याम्पस परिषद्को सदस्यता प्रदान गरिएको हुँदा निजहरूलाई खादा तथा अबिर फूलमालाले स्वागत गरिएकाे थियाे । सुकुना बहुमुखी क्याम्पसलाई बाबु शंकरमान मास्के तथा आमा धनमाया मास्केकाे नाममा छाेराहरु देवेन्द्कुमार मास्के ,सुशील मास्के तथा प्रदिप मास्केबाट रु ७ लाख २ हजार, अक्षयकाेषकाे लागि गत बर्ष हस्तान्तरण गरिएको क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष देवेन्द्रकुमार मास्केले जानकारी दिए ।

बैठकको अन्तमा सुकुना बहुमुखी क्याम्पस सञ्चालक परिषद्का सदस्यहरू हरि वैरागी दाहाल, खगेन्द्रप्रसाद सुवेदी, बालकृष्ण खङ्का, सञ्चालक समितिका पूर्व सदस्य कृष्णप्रसाद दाहालको दुःखद निधन भएकोमा शोक प्रस्ताव पारित गरी बैठक सम्पन्न गरिएको क्याम्पसका उपप्राध्यापक तथा अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । परिषद्काे चाैधाैं बैठक सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित