ब्राइट फ्यूचर सेकेण्डरी स्कुलमा स्वागत कार्यक्रम

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ८ सलकपुर स्थित ब्राइट फ्यूचर सेकेण्डरी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरेकाे छ । विद्यालयका कक्षा १२ का विद्यार्थीहरुकाे सहकार्यमा स्वागत कार्यक्रम गरिएकाे । कार्यक्रममा कक्षा ११ का ८४ विद्यार्थीलाई कक्षा १२ का विद्यार्थी विद्यार्थीहरुले स्वागत गरेका थिए । गीत सङ्गीत लगायतकाे मनाेरन्जन मूलक कार्यक्रमकाे आयाेजना गरि स्वागत गरिएकाे थियाे ।

स्कुलकाे स्वागत कार्यक्रममा पूर्व विद्यार्थी तथा अतिथि कलाकार कृष्ण खवास, सागर तामाङ, सागर पाैडेल, वर्षा राई लगायतले गीत सङ्गीत रमाईरमाई प्रस्तुत गर्दा उपस्थित अभिभावक तथा विद्यार्थीहरुले भरपुर मनाेरन्जन प्राप्त गरि रमाइलो गरेका थिए । कार्यक्रममा ३ बर्ष अघि यसै विद्यालयकाे पढाइ सकेर गएकाे ब्राण्डले आफ्ना केही गीत सङ्गित लगायतका मनाेरन्जनात्मक प्रस्तुति प्रस्तुत गरि उपस्थित सबैलाई नचाएका थिए ।

कार्यक्रममा विद्यालयका तर्फबाट कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई खादा र टीका लगाएर स्वागत गरिएको साथै यस प्रकारकाे कार्यक्रम हरेक बर्ष गर्ने गरिएको विद्यालयका प्रिन्सिपल टीकाराम ढकालले बताए । उनले आफ्नाे विद्यालयमा पढाईकाे राम्रो वातावरणमा भएको तथा सुविधा सम्पन्न कक्षा काेठा र प्रयाेगशालाका साथमा अतिरिक्त क्रियाकलाप लाई प्राथमिकतामा राखेर व्यवहारिक ज्ञान समेत विद्यार्थीहरुलाई दिने गरिएकाेले टाढा टाढाका विद्यार्थी समेत आकर्षित भएको उल्लेख गरे ।

ब्राइट फ्यूचर सेकेण्डरी स्कुल २०४८ सालमा स्थापना भएर २०६९ साल देखि +२ काे पढाइ सञ्चालन गरेको हाे । यस विद्यालयमा + २ तर्फ साइन्स, मेनेजमेन्ट ( हाेटल मेनेजमेन्ट, ट्राभल्स एण्ड टुरिजम, कम्प्युटर साइन्स ) काेष प्याकेजकाे पठाइ हुने गरेको छ। ब्राइट फ्यूचरकाे कक्षा १२ मा १ सय ७ जाना विद्यार्थी छन् भने हाल यस विद्यालयमा करिव १३ सय विद्यार्थीहरु अध्यायनरत रहेकाे उल्लेख गरिएको छ ।

कक्षा ११ काे स्वागत कार्यक्रममा विद्यालय संचालन समितिका अध्यक्ष भाेलेश्वर दुलाल, सदस्य कृष्णप्रसाद ढकाल, गाेपालप्रसाद ढकाल, गाेपाल कार्की लगायतकाे सहभागिता थियाे । कार्यक्रम कक्षा १२ का छात्र दिवस वस्नेतकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित