एनसेलका फोरजी उपभोक्ता सबै भन्दा बढि

काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजीमा उपभोक्ता सबैभन्दा बढि रहेको पाइएकाे छ । कार्तिक महिना सम्ममा फोरजीको कुल ग्राहक संख्या ६३ लाख ३२ हजार १९४ रहेकोमा एनसेलका ४० लाख ८२ हजार ५१७ ग्राहक रहेका छन् छ । अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा दिदै आएका छन् । यो सेवा २१.१९ प्रतिशत नेपालीले प्रयोग गर्ने गरेका छन् ।

। प्राधिकरणका अनुसार भने नेपाल टेलिकमका २० लाख ४९ हजार ९१६ ग्राहक रहेका छन् । चार वर्ष अगाडि यो सेवा पहिलो पटक नेपाल टेलिकमले संचालनमा ल्याएको थियो । एनसेलले टेलिकम भन्दा पाँच महिनापछि यो सेवा संचालनमा ल्याएको थियो त्यसैगरी स्मार्ट टेलिकमका १ लाख ९९ हजार ७६१ ग्राहक छन् । फोरजी सेवा बजारमा एनसेलको ६५ प्रतिशत, टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा रहेको छ । फोरजी सेवा संचालनमा आएपछि मोवाइल डाटाको खपत बढिरहेको छ भने र शुल्कमा भने उलेख्य रुपमा घटेको छ ।

सबैभन्दा बढि योगदान ५६ प्रतिशत थ्रीजी सेवाको रहेको छ भने केबल इन्टरनेट फाइबर टु द होम अर्थात एफटीटीएचको योगदान २२ प्रतिशत रहेको छ । नेपालमा ब्रोडब्याण्ड सेवाको कुल ग्राहक संख्या २ करोड ३९ लाख २१ हजार १८० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित