डा. बिष्ट सम्मानित

विराटनगर । कोरोना योद्धा सम्मान पत्र २०२१ द्वारा न्युरो हस्पिटलका अध्यक्ष एवम वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनद्धारा आयोजित एक कार्यक्रमका वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट ‘कोरोना योद्धा सम्मान पत्र २०२१’ द्वारा सम्मानित सम्मानित भएका हुन् ।

प्रतिनिधिका पात्रका रुपमा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सुरेश आचार्यले सो सम्मान ग्रहण गर्नुभएको हो । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश नं. १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित