कक्षा १२ को नतिजा माघ पहिलाे हप्ता भित्र आउने

काठमान्डाैं / कक्षा १२ को परीक्षाको नतिजा प्रकासन माघ पहिलाे हप्ता भित्र हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बढीमा १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी भएतापनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताए । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो । यसैबीच कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै छ । शैक्षिक शत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित