सिद्वार्थ सेकेण्डरीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सिद्वार्थ सेकेण्डरी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।
कक्षा ११ का नयाँ विद्याहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन्। कार्यक्रममा १ सय ७ जाना कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएकाे थियाे । हाल सिद्वार्थमा करिव १३ सय विद्यार्थीहरु अध्ययनरत रहेका उल्लेख गरिएको छ ।

सिद्वार्थ सेकेन्डरीको स्वागत कार्यक्रममा ख्यातिप्राप्त कलाकार साजन राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उनले पूर्वको माया पश्चिमलाई….., एकान्तका सानू तिम्रो सम्झना….., कान्छी नाचन….., लगायतका गीत सङ्गीत रमाईरमाई प्रस्तुत गर्दा उपस्थित अभिभावक तथा विद्यार्थीहरुले भरपुर मनोरन्जन प्राप्त गरि रमाइलो मानेर नाचेका थिए । कार्यक्रममा ७ बर्ष अघि यसै विद्यालयको पढाइ सकेर गएका विद्यार्थीहरुले स्थानीय स्तरमा चर्चित रहेको व्यावसायिक रुपमा अघि बडेको स्टुडेन्ट रेभुलुशन बान्डले आफ्ना केही गीत सङ्गित लगायतका मनोरन्जनात्मक प्रस्तुति प्रस्तुत गरि उपस्थित सबैलाई नचाएका तथा मनाेरञ्जन दिएका थिए ।

कार्यक्रममा विद्यालयका तर्फबाट कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको साथै यस प्रकारको कार्यक्रम हरेक बर्ष भव्य रुपमा गर्ने गरिएको प्याब्सन मोरङका जिल्ला अध्यक्ष तथा विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन वस्नेतले बताए । उनले आफ्नो विद्यालयमा पढाईको राम्रो वातावरणमा भएको तथा सुविधा सम्पन्न कक्षा कोठा र प्रयोगशालाका साथमा अतिरिक्त क्रियाकलाप लाई प्राथमिकतामा राखेर व्यवहारिक ज्ञान समेत विद्यार्थीहरुलाई दिने गरिएकोले टाढा टाढाका विद्यार्थी समेत आकर्षित भएको उल्लेख गरे ।

सिद्धार्थ सेकेन्डरी स्कुल २०५१ सालमा स्थापना भएर विगत बर्षमा रजत महोत्सव समेत सम्पन्न गरि २०७२ साल देखि +२ को कार्यक्रम सञ्चालन गरेको विद्यालयका सहायक प्रिन्सिपल जे बि थुलुङले जानकारी दिए । उनले कक्षा ११ र १२ मा व्यवस्थापन समूह अन्तर्गत होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स तथा विजनेस स्टडी लगायतको नयाँ र आकर्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपयुक्त हुने कोष प्याकेजको पठाइ हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि तथा वडा न। ८ का वडा अध्यक्ष राजेन्द्रबहादुर थापा ९ राजेश० थिए । उनले दक्ष जनशक्ति तयार गरेकोमा विद्यालयको प्रशंसा गर्दे शिक्षाको ज्योति जगाउँने कामका सिद्वार्थ सेकेन्ड स्कूलको महत्त्वपूर्ण भूमिका रहेको बताए । विद्यार्थीहरुले सांस्कृतिक तथा साङगीतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी अनुप वस्नेत तथा उषा ओझाले गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष निलम ढुगानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित