पूर्वाञ्चल विश्वविद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न

सुन्दरहरैंचा / पूर्वाञ्चल विश्वविद्यालयकाे २७ औं वार्षिकोत्सव समाराेह पूविकाे केन्द्रीय कार्यालय गाेठगाउँमा अाइतवार विविध कार्यक्रमका साथमा सम्पन्न भएको छ । पूविकाे वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि प्रदेश १ का अान्तरिक मामिला तथा कानुन , सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्की थिए । उनले कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयलाई नेपालकाे उत्कृष्ट विश्वविद्यालय बनाउँन पहल गर्नु पर्ने बताउँदै पूविकाे स्थापना महत्त्वपूर्ण समयमा तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे पालामा भएको तर यसकाे गति भने कछुवाकाे चालमा रहेको उल्लेख गरे । उनले एकअर्का प्रतिकाे तानातान र राजनीतिक खिचातानीका कारण पूविकाे विकास हुन नसकेकाे बताउँदै अब यसले मिल्ने र विकास हुने बाटाेबाट अघि बढ्न जरुरी रहेकाे बताए । समारोहमा प्रमुख अतिथिले नेपालमा अहिले राजनीतिक क्षेत्रकाे ठूलाे प्रभाव रहेको बताउँदै पूविमा अब कुनै पनि गलत राजनीतिकाे चलखेल हुन नहुने भन्दै यसले विश्वविद्यालयकाे विकासमा बाधा पु-याउँने विचार व्यक्त गरेका थिए । उनले गाेठगाउँ पूविकाे लागि उपयुक्त स्थान रहेको बताउँदै यसकाे विकासका लागि सम्बन्धित सबैले ध्यान दिनु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले अर्काे प्रसङ्गमा कुरा गर्दै कुनै पनि पक्षले यस पूविमा अान्दोलन गरि ताला लगायाे भने प्रहरीले तुरुन्तै ताला ताेड्नु पर्ने उल्लेख गर्दै तालाबन्दी र हडतालले मात्र पूविकाे विकास नहुने भएकोले जे समस्या हुन्छ फलफल र अापसी सहमतिबाट गर्नु पर्नेमा जाेड दिए । उनले शिक्षा क्षेत्रमा झगडाकाे काम छैन भन्दै हलाे अड्काएर गाेरु पड्काउँदा अाफैलाइ दु:ख हुने बताए । मन्त्री कार्कीले हामी राजनीतिकाे पाटाेमा अल्मलिनु हुँदैन भन्दै सहमति र सहकार्यकाे खाँचाे मूलुललाई अहिले झनै परेकाे बताए । उनले पूविकाे मेडिकल, साइन्स र शिक्षण अस्पतालकाे स्तर उन्नति हुन जरुरी रहेकाे बताउँदै पैसा नभएर यस विश्व विद्यालयकाे विकास नभएको हाेइन सिस्टम बिग्रीएर प्रगति नभएको उल्लेख गरे । मन्त्री कार्कीले यस विश्वविश्वालयलाई बहु विश्वविद्यालय बनाउँन जरुरी रहेकाेले पूविकाे स्तर उन्नतिमा अाफ्नाे साथ सहयाेग रहने बताएका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयकाे २७ औं वार्षिकोत्सवकाे अवसरमा कार्यक्रमका विशिष्ठ अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल थिए । उनले कार्यक्रमलाई सम्बाेधन गर्दै पूविलाई राम्रो सँग सञ्चालन गर्न राजनीतिक सन्तुलन समेत मिल्न जरुरी रहेकाे बताउँदै तेराे र मेराे नभनी उत्कृष्ट व्यवस्थापनका साथमा यस विश्वविद्यालयले गति लिनु पर्ने तथा पूविकाे काम र विकासकाे क्रम एकहाते गाेरु जस्ताे हुन नहुने उल्लेख गरे ।

नगर प्रमुख ढकालले स्थानीय सरकार सिमित क्षेत्र र बजेटमा संचालन भए पनि अावश्यक काम गरि रहेकाे हुँदा यस विश्व विद्यालयले समेत स्थानीय सरकारबाट केही अाशा भराेसा राखेकोले पूविकाे अाशामा हाैसला र साथ सहयाेग गर्न अाफु तयार रहेकाे बताए । उनले पूविकाे स्तर उन्नतिमा हाम्रो पहिलाे चासाे रहेकाेले पूविले नपासँग लेखित रुपमा गरेकाे विकास निर्माणकाे मागलाई पूरा गर्ने विचार व्यक्त गरेका थिए । नगर प्रमुख ढकालले पुविकाे शिक्षण अस्पताल राम्रो संग सञ्चालनका लागि तथा नगरवासीकाे हितका लागि एम्बुलेन्स समेत नपाकाे तर्फबाट दिने निर्णय भएको बताए । उनले यस विश्व विद्यालयकाे विकासका लागि रिङराेड , बाटाेघाटाेकाे निर्माणमा ध्यान दिएकाे बताउँदै भिडभाडबाट गाेठगाउँकाे उपयुक्त वातावरणमा पूविकाे केन्द्रीय कार्यालय अाउँनु राम्रो पक्ष भएकोले यसकाे विकास र उन्नतिमा अाफु सहयात्रा गर्न तयार रहेको उल्लेख गरेका थिए ।

पूविकाे २७ अाैं वार्षिकोत्सबकाे अवसरमा पूर्वाञ्चल विश्वविद्यालयमा रहेर २० बर्ष सेवा गरेका ६ जाना प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएकाे थियाे । सम्मानित हुने हरुमा प्राडा पवनकुमार झा , रामप्रसाद ढकाल , जनकमणि तिम्सिना, पर्वतराज न्याैपाने , निराेद सुवेदी तथा काेपिला खड्का रहेका छन् । तेसै गरि समारोहमा उत्कृष्ट सेवा पदकबाट पूविका १९ जाना प्राध्यापक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियाे । कार्यक्रममा विभिन्न खेलविधा तथा प्रतियाेगितामा उत्कृष्ट हुनेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियाे । कार्यक्रममा पूवि प्राध्यापक संघका सभापति डा. संदेशदास श्रेष्ठ , पूवि कर्मचारी संघका सभापति राजकुमार सापकाेटा , क्याम्पस प्रमुख , स्कुल अफ हेल्थ साइन्स कविता अधिकारी , परीक्षा नियन्त्रक प्रा. डा . सुर्य संग्राैला , सम्मानित व्याक्तिका तर्फबाट कविराज न्याैपाने , प्रदेश सभासद लाेकप्रसाद संग्राैला तथा गाेपी अच्छामी लगायतले मन्तव्य राखेका थिए । समाराेहमा पूविका निमित्त रजिस्ट्रार राजेशकुमार झाले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रमकाे संचालन पूविका कर्मचारी देवीप्रसाद कट्टेलले गरेका थिए । समाराेह पूविका उपकुलपति प्रा.डा. यादवराज काेइरालाकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित