बीपी प्रतिष्ठानका इन्टर्न विद्यार्थीले गरे तोडफोड

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न विद्यार्थीले आफू बस्ने होस्टल तोडफोड गरेका छन् । रातको समयमा मादक पदार्थ सेवन गरी प्रतिष्ठानमा अध्ययनरत इन्टर्न रोशन यादवले आफ्नै साथीसंग मिलेर तोडफोड गरेका हुन् ।

गए राती करिब ११ बजेतिर इन्टर्न रोशन यादवले साथी केशव यादलाई लिएर अवैध रुपमा होस्टलमा प्रवेश गर्ने क्रममा तोडफोड गरेका हुन् । होस्टलमा विद्यार्थीबाहेक अन्य व्यक्तिहरु प्रवेश गर्न नपाइने भएपनि यादवले आफ्ना साथीलाई जबरजस्ती प्रवेश गराएको विषयमा समेत प्रहरीले छानविन शुरु गरेको छ ।

उनीहरुले होस्टलको मेन ढोकाबाट प्रवेश गरेपछिको त्यहा रहेका सीसाहरु फुटाएको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । पक्राउ परेकाका विषयमा डिएसपी ज्ञानेन्द्र बस्नेतले छानबिन भइरहेको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित