मह र अदुवाको मिश्रण स्वास्थ्यका लागि लाभदायी

मह र अदुवा दुवै स्वास्थ्यका लागि लाभदायी मानिन्छ। यी दुवैलाई मिसाएर प्रयोग गर्दा झनै फाइदाजनक हुन्छ। एक चम्चा अदुवाको जुस र एक चम्चा मह राम्रोसँग घोलेर खाँदा स्वास्थयलाई निकै फाइदा हुन्छ। यसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सिडेन्ट गुण हुन्छ, जसले हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा गर्दछ। अदुवा र महको मिश्रण रुघाखोकी र श्वासप्रश्वाससँग जोडिएका समस्याको लागि प्रभावकारी मानिन्छ।

– अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँनुका साथै दमको समस्यालाई पनि अदुवा र महसँगै मरिचको मिश्रण सेवन गर्दा आराम हुन्छ। यसले फोक्सोमा अक्सिजनको आपूर्ति बढाउँछ।

– वाकवाक लाग्ने वा उल्टी हुने समस्या छ भने पनि अदुवा र महको मिश्रण प्रयोग गर्दा आराम मिल्छ। अदुवा र महको मिश्रणले पाचनशक्ति बढाउन समेत सहयोग गर्छ। पेटसम्बन्धी समस्यालाई ठीक गर्छ भने, यसको नियमित सेवनले ब्लडप्रेसर, हार्टअट्याक जस्ता समस्या हुन दिदैन्।

– महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडामा समेत मह र अदुवाको मिश्रणले औषधिको काम गर्छ। यसले टाउको दुखाइलाई पनि कम गर्छ भने, माइग्रेनको समस्यालाई समेत यो प्रभावकारी हुन्छ। यसले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ। यो मिश्रणले ‘एन्टी अक्सिडेन्ट इन्जाइम’ लाई प्रेरित गर्छ भने, क्यान्सर सेल्स बन्नबाट रोक्छ।

प्रतिक्रिया

सम्बन्धित