निर्वस्त्र महिला कामदार उपलब्ध गराउने कम्पनी

घर तथा अफिसको सरसफाइका लागि सफाइ कामदार आपूर्तिका लागि विभिन्न कम्पनीहरु खुलेका हुन्छन् । कुनै पनि घर तथा अफिसहरुमा सरसफाइ गर्न जाने सफाइ कामदारहरु अनुशासित तथा मर्यादित हुनुपर्ने स्वभाविकै हो । तर दुनियाँमा एउटा यस्तो कम्पनी पनि छ, जसले घरको सरसफाइका लागि निर्वस्त्र महिला कामदारहरु उपलब्ध गराउँदछ ।

उक्त कम्पनीले घरेलु सफाइका लागि भित्री वस्त्र लगाएका, टपलेस तथा पूर्णरुपमा निर्वस्त्रसमेत सफाइकर्मी उपलब्ध गराउने गरेको छ । द नेकेड क्लिनिङ नामको उक्त कम्पनी बेलायतको प्लाइमाउथमा छ । कम्पनीका निर्देशक निक्की बेल्टन र लिएन वूलम्यान हुन् । द नेकेड क्लिनिङ कम्पनीका सेवाहरु अहिले बेलायतभर मात्र उपलब्ध छन् । तर भविष्यमा कम्पनीलाई विश्वव्यापी बनाउने लक्ष्य निर्देशक बेल्टनको छ ।

उनी भन्छिन्, ‘मैले सुरुदेखि नै यस्तै व्यवसायमा हात हाल्न चाहन्थेँ जसको फ्रेन्चाइजीलाई मैले लगातार पूरै दुनियाँमा फैलाइरहुँ । अहिले हामीसँग फ्रेन्चाइजी मोडेल छ र हामीलाई आशा छ कि हामीले छिटै नै यो सेवालाई अमेरिका, क्यानडा, नेदरल्याण्ड र अष्ट्रेलियामा सुरु गर्न सक्छौँ ।’

उनका अनुसार द नेकेड क्लिनिङ कम्पनीलाई लिएर संसारभरका मानिसहरुमा निकै उत्सुकता रहेको छ । लकडाउनपछि आफुहरुको सेवाको जोडदार माग हुने उनको अपेक्षा छ । उनका अनुसार सफाइकर्मी तथा ग्राहक दुवैका लागि एक सुरक्षित बुकिङ सिस्टम उपलब्ध गराइनेछ । आगामी वर्ष विश्वभर नै कम्पनीको भव्य प्रवर्धन गरिने निक्की बताउँछिन् । यसले महिला सशक्तीकरणलाई पनि बढावा मिल्ने उनको दाबी छ ।

यद्यपि सोसल मिडियामा उक्त सेवा प्रदायक कम्पनीका निर्देशकहरुका बारेमा अनेक खालका ट्रोल बनिरहेका छन् । तर आफुलाई त्यसको कुनै वास्ता नरहेको भन्दै निक्कीले धेरै मानिसहरु अरुको सफलता देखेर आरिस गर्ने खालका हुने बताउँछिन् ।

महिलालाई सशक्त बनाउनका लागि उक्त सर्भिस सुरु गरिएको निक्की बेल्टनको भनाइ छ । कम्पनीका अनुसार भित्री वस्त्रमात्र लगाएका तथा टपलेस भएका महिला कामदारका लागि ग्राहकले घण्टाको झण्डै ७० ब्रिटिस पाउण्ड शुल्क तिर्नुपर्नेछ भने पूर्ण निर्वस्त्र महिला कामदारका लागि प्रतिघण्टा ८५ पाउण्ड शुल्क तिर्नुपर्नेछ ।

अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित