यसकारण त्रिविकाे कारबाहीमा पर्‍याे जनता क्याम्पस, क्याम्पसमा तालाबन्दी !

इटहरी / सुनसरीकाे इटहरीमा रहेकाे जनता बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालकाे कारबाहीमा परेकाे छ । क्याम्पसमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा संचालित परिक्षाका क्रममा भएकाे गल्तीले गर्दा क्याम्पस कारबाहीमा परेकाे हाे । त्रिविले आगामी एक वर्षसम्म क्याम्पसमा परीक्षा केन्द्र नराख्ने गरि कारबाही रहेकाे छ ।

त्रिभुवन विश्वविद्याल, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीको २०७६५ भदाैमा संचालित स्नातक तह प्रथम वर्षको Eng.Ed 417 का दुइ परीक्षार्थीका उत्तरपुस्तिकाहरु कारबाहीको सिफारिस गरी सोही दिन संचालित बिए प्रथम वर्षको निष्काशन प्याकेटमा संलग्न गरी पठाएको सम्बन्धमा त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिले परीक्षा केन्द्र नराख्ने र केन्द्राध्यक्षलाई पनि सोही अवधिसम्म परीक्षा नियन्त्रण कार्यालयद्वारा लिइने परीक्षामा कुनै जिम्मेवारी नदिने निर्णय गरिएको त्रिविद्वारा क्याम्पसमा पठाइएकाे पत्रमा उल्लेख छ ।

यसैबिच क्याम्पस कारबाहीमा परेपछि विद्यार्थी संगठनहरूले बिराेध गरेका छन् । क्याम्पसमा संक्रिय विद्यार्थी संगठनहरूले बिभिन्न माग राख्दै विराेध गरिरहेका छन् । क्याम्पस कारबाहीमा पर्नुका दाेषिलाइ कारबाही गर्नु पर्ने उनीहरूकाे माग छ । त्यसैगरी अनेरास्ववियूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेकाे छ । विद्यार्थीले सास्ती खेप्नु परेकाे, क्याम्पसको गरिमामा ठेस लागेकाे, निजि क्याम्पसको बिज्ञापन गर्ने कार्य भएकाले तालाबन्दी गर्नु परेकाे अनेरास्ववियूले जनाएकाे छ । पठनपाठन तथा प्रशासनिक काममा अवरोध नपुग्ने गरी तालाबन्दी गरीएकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित