जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले यस्ताे गरेपछि…

सुनसरी / भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुई विद्यार्थीहरुले एक आपसमा बिहे गरेको छन् । भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।

आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् । कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै स्थानीय प्रहरीको ध्यानाकर्षण भएको थियो ।

भिडियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहिराइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो ।

प्रतिक्रिया

सम्बन्धित