इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माण हुने

इटहरी / इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएकाे छ । अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हाे ।

समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भटटराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल छन् । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम वस्नेत रहेका छन् । हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गरे ।

प्रतिक्रिया

सम्बन्धित