विराटनगरका मेयर पराजुलीद्वारा प्लाज्मा एपकाे शुभारम्भ

विराटनगर / विराटनगर महानगरपालिकाद्वारा बनाइएकाे प्लाज्मा एप लाई मेयर भीम पराजुलीले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । एपकाे नाम ‘प्लाज्मा बैंक विराटनगर’ रहेको छ । जसलाई गुगल प्ले स्टाेरमा गएर डाउनलाेड गर्न सकिन्छ । व्यक्तिगत विवरण राखेर दाता र प्राप्त कर्ता बीच संमन्वय गराउन एपले मद्दत गर्ने भएको छ । व्यक्तिले एपमा संक्रमित भएको मिति, संक्रमणमुक्त भएको मिति राख्ने व्यवस्था गरेको छ । त्यसको अध्यावधिक विराटनगर महानगरपालिकाले गर्ने निर्माणकर्ताको भनाइ छ ।

संक्रमणमुक्त भएको ३० दिनभित्र प्लाजमा दान गरिसक्नु पर्नेछ । त्यस समयमा दान गर्न नपाउनेको महानगरले प्लाज्मा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाउने छ । कार्यक्रममा महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल,महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की , जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित