न्यूरो अस्पतालले १७५० मै काेराेना परिक्षण गर्ने

विराटनगर / विराटनगर स्थित न्यूरो अस्पतालले रु १७५० मै काेराेना परिक्षण गर्ने भएकाे छ । काेराेना संक्रमणका लक्षण देखिएका वा परिक्षण गर्न चहाने सबैकाे १७५० मै पिसिआर परिक्षण हुने भएकाे हाे ।

सर्वसाधारणमा सहज हुने अपेक्षा सहित शुल्क समायाेजन गरिएकाे अस्पतालका अप्रेस्नल निर्देशक राजेश भट्टराईले जानकारी दिए । पिसिआर परिक्षणमा थप कुनै शुल्क नलाग्ने समेत उनले बताए ।

साथै भाद्र ११ गते बाट सन्चालनमा आएको न्युरो अस्पतालद्धारा सन्चालित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीहरुको लागी भरोसाको केन्द्र बनिरहेकाे छ । प्रदेश नं १ मा निजी स्तरबाट पहिलो पटक सन्चालनमा ल्याइएको कोभिड अस्पतालले अहिले प्रदेश नं १ र प्रदेश नं २ लगायत अन्य स्थानका लक्षण सहितका कोराना संक्रमित बिरामीहरुको उपचारमा आफुलाई अव्वल सावित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित