६५ बर्षे इतिहास बाेकेकाे शैक्षिक धराेहर

इटहरी / कुनै पनि स्थानकाे पहिचानमा शिक्षाकाे पनि महत्वपुर्ण भुमिका रहन्छ । राम्राे शैक्षिक स्तर भएकाे स्थानकाे पहिचान पनि छुट्टै हुने गरेकाे छ । यस्तै इटहरीमा शैक्षिक पहिचान राख्न इटहरी १ मा रहेकाे श्री राष्ट्रिय माध्यमिक विद्यालयले पनि महत्वपूर्ण भुमिका खेलेकाे छ । तत्कालिन हाँसपाेसा गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे चर्चा हुने गरेकाे छ । ६५ बर्ष अगाडि आजकै दिन स्थापना भएकाे विद्यालय अहिले सम्म सफल रूपमा संचालन भएकाे छ । ०१३ साल मंशिर १३ गतेबाट तत्कालिन समाजसेवी तथा शिक्षा प्रेमि रामप्रसाद श्रेष्ठ (सस्थापक सेक्रेटरी ), हवाई धामी, सीताराम अधिकारी, अनुपलाल चौधरी, रामबहादुर भट्टराई लगायतको अगुवाइमा विद्यालयकाे स्थापना भएकाे थियाे । तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।

अहिले जिवित रहेका एक मात्र सस्थापक सेक्रेटरी रामप्रसाद श्रेष्ठकाे अनुभव सुनाउदै सहायक प्रध्यानध्यपक लक्ष्मी प्रसाद सुवेदीले भने” त्याे समयमा यसाे टाटि बेरेर काेठा बनाएका थियाै, बाक्लाे बस्ति पनि थिएन्, गाेठाला र त्यसै बसेका बालवालिका खाेजर पढाउथैँ, अहिले विद्यालय यति राम्राे भएकाे छ मलाइ खुसि लाग्छ । तर कहिले काँहि के के नराम्राे पनि सुनिन्छ, हामीले दुख गरेर बनाएकाे विद्यालय अहिले पनि सबै मिलेर अझ राम्राे बनाउनु पर्छ ।”

विद्यालय हाँसपोसा १ आँपगाछीमा ४ कट्ठा क्षेत्रफलमा श्री राष्ट्रिय प्रा.वि. नाममा स्थापना भएकाे थियाे । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा पहिलाे प्रध्यानध्यापककाे रूपमा कान्छा सुब्बा रहेकाे विद्यालयकाे अभिलेकमा भट्न सकिन्छ । त्यसपश्चात विद्यालयमा क्रमश विद्यार्थीकाे संख्यामा वृद्धि हुदै गएकाे थियाे । त्यसै शिलशिलामा २०३५ मा कक्षा ७ सम्मकाे पठनपाठ शुरू भयाे । त्यस्तै २०५१ बैशाख २१ गते देखि ८ कक्षा संचालन भएकाे थियाे ।

इटहरी एउटा उदयमान शहरकाे रूपमा बिकास हुदै गए पश्चात विद्यालमा विद्यार्थी संख्या पनि उल्लेख्य हुदै गएकाे बुझिन्छ । स्थानिय समाजसेवी र तत्कालिन समयमा प्रध्यानध्यपक लगायतकाे पहलमा २०६१ सालमा कक्षा १० सम्मकाे पठनपाठन भएकाे थियाे । त्यसपश्चात २०६४ सालमाबाट उच्च मा. वि. तहमा पठनपाठन भइरहेकाे छ । अहिले विद्यालयमा कक्षा वालविक देखि कक्षा १२ तथा डिप्लोमा इन सिभिल इन्जिनरिङ सम्मकाे पठनपाठन हुने गरेकाे छ । Ctevt बाट टेक्स कार्यक्रम सम्बन्धन २०६९ सालमा भएकाे सहायक प्रध्यानध्यपक सुवेदीले जानकारी दिए । साथै डिप्लोमा इन सिभिल २०७२ देखि शुरू भएकाे उनले बताए ।

अहिले विद्यालयमा विभिन्न दाताहरुमध्येबाट ९ लाख बराबरको अक्षयकोषको स्थापना भएकाे छ । विद्यालय २०७३ माघ ८ गते स्थापना भएको स्थानबाट ५०० मिटर पश्चिम १ बिघा १७ कट्ठामा स्थानान्तरण भएकाे छ । अहिले विद्यालयमा साधारण तर्फ १२३६ र प्राविधिक तर्फ २७२ विद्यार्थी रहेका छन् । त्यस्तै ५३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश १ बाट विद्यालय नरसिंग कार्यक्रम रहेकाे उनले बताए । याे विद्यालय ३ पटकसम्म सुनसरी जिल्लाका सामुदायिक विद्यालयमध्ये प्रथम भएकाे छ । त्यसैगरी इटहरी उपमहानगरपालिकास्तरीय कक्षा ८ को परीक्षामा नगर प्रथम भएका थियाे । विद्यालयबाट सफल भएका विद्यार्थीहरू राज्यमा उपल्लाे निकाय सम्म पुगेका छन् ।

लामाे इतिहास बाेकेकाे बिद्यालयले प्रत्यक बर्ष स्थापना दिवसकाे अवसरमा वार्षिकोत्सव मनाउने गरेकाे थियाे । तर यो वर्ष कोरोना महामारीका कारण मनाउन नसकिएकाे विद्यालयले जानकारी दिएकाे छ । वार्षिकोत्सवकाे अवसरमा वर्षभरी आफूले हाँसिल गरेको उच्चतम सिकाई उपलब्धीका आधारमा थुप्रै विद्यार्थी पुरस्कृत हुने गरेका थिए । एक हप्ताअघि देखि खेलकुद सप्ताह मनाइने गरेकाे सहायक प्रध्यानध्यपक सुवेदीले बताए । उक्त खेलकुद सप्ताहमा बालविकासदेखि कक्षा १२ सम्मका साथै प्राविधिक तथा व्यवसायिक धारका विद्यार्थीहरु सहभागी भए आफ्नो क्षमता प्रदर्शन गरेवापत पुरस्कृत हुने गरेकाे उनले बताए ।

गत बर्ष आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रम

विद्यालयको वार्षिक गतिविधि सम्पूर्ण अभिभावाकसमक्ष प्रस्तुत गर्ने, वार्षिक बजेट प्रस्तुत गर्ने विद्यालयका संस्थापक, समाजसेवी, पूर्व वि व्य स अध्यक्ष एवं अक्षयकोष दाताहरुलाई सम्मान गर्ने कार्यक्रम हुनेकाे थियाे । काेराेना महामारीले गर्दा कार्यक्रम गर्न नपाउदा दुखित भएकाे प्रध्यानध्यपक सरन कुमार बस्नेतले बताए । सधै विद्यालयका संस्थापक, समाजसेवी, पूर्व वि व्य स अध्यक्ष एवं अक्षयकोष दाता, विद्यार्थी र अभिभावकाे बिच वार्षिकोत्सव मनाउने गरेकाेमा यस बर्ष नहुदा खल्लाे भएकाे प्रध्यानध्यपक बस्नेतकाे भनाइ छ । आगामी बर्षहरूमा परिस्थिति सहज भए पश्चात सफल रूपमा कार्यक्रम गर्ने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित