बालदिवसमा न्यूरोले ल्यायो छुट योजना

काठमान्डाैं / अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी हस्पिटलले विशेष छुट योजना लिएर आएको छ । हस्पिटलले बिहीबारदेखि लागू हुने गरि पाँच दिन विशेष छुट योजना ल्याएको हो । मंसिर ४ देखि ८ गतेसम्म अस्पतालमा उपचारका लागि आउने बालवालिकाहरूको लागि विशेष छुट योजना ल्याएको अस्पतालका अस्पताल निर्देशक ई. रञ्जित राज बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच दिन सम्म अस्पताल आउने विरामीको ओपीडि निःशुल्क हुनेछ । यस्तै अस्पताल आएका बाल वालिकाहरूको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परेको खण्डमा ५० प्रतिशत सम्म छुट रहेको छ । ‘अस्पताल आएपछि ओपिडीमा वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेश प्रसाद साहले स्वास्थ्य परीक्षण गरेपछि ल्याबमा परीक्षण गरिनुपर्ने सिफारिस गरेमा विरामीलाई ५० प्रतिशतसम्म छुट रहेको छ,’ अस्पतालका निर्देशक बस्नेतले भन्नुभयो, ‘न्यूरोले बिगतमा पनि यस्ता छुट योजनाहरु ल्याउँदै आएको छ ।’

अस्पतालले स्थापनाकालदेखि विभिन्न स्वास्थ्य दिवसहरूमा स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ । यस अघि पनि विश्व मधुमेह, मुटुलगायतका विश्व दिवसहरूमा स्वास्थ्य सचेतना मूलक कार्यक्रमहरू गर्दै सम्बन्धित स्वास्थ्य उपचारमा विशेष छुट दिदै आएको छ । अस्पतालले छुट योजना ल्याएपछि आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित