अबको एक महिनाभित्रै कोरोनाविरुद्धको खोप आउनसक्ने !

काठमाण्डौ । औषधि निर्माता कम्पनी एस्त्राजेनेकाले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यहि वर्षको डिसेम्बर महिनाको अन्त्यसम्ममा प्रयोगका लागि तयार हुने जनाएको छ ।

कम्पनीका कार्यकारी अधिकृत पास्कल सोरियटले नियामक निकायको अनुमति प्राप्त भए यही आउँदो डिसेम्बर महिनाको अन्त्यमा भ्याक्सिन प्रयोगमा आउने बताएका हुन् ।

स्वेडेनको दैनिक पत्रिका डाग्नेस नायटरलाई अन्तर्वार्ता दिदै उनले कोरोनाविरुद्धको भ्याक्सिनको डेटामाथि नियामक निकायका अधिकारीहरु निरन्तर काम गरिरहेका र अधिकारीहरुले यो कार्य चाँडो सम्पन्न गरे सर्वसाधारणलाई जनवरीकोदेखि या त सम्भवत डिसेम्बर महिनाको अन्त्यदेखि खोप लगाउन आफूहरु तयार रहेको बताएका छन् ।

एस्त्रेजेकाले अक्सफोर्ड युनिर्भसीटीसँग सहकार्य गर्दै कोरोनाविरुद्धको सम्भावित खोप विकास गरिरहेको छ । अहिले कोरोना भाइरसविरुद्ध विश्वभर विकास भइरहेका खोपहरुमध्ये यो खोपलाई सबैभन्दा धेरै सम्भावनाको रुपमा लिइएको छ । “हामीहरु सायद यो भ्याक्सिनबाट कहिल्यै पनि पैसा कमाउन सक्नेछैनौ । यो भ्याक्सिन कहिलेसम्म लगाउनु पर्छ भनेर यकिन गरेर कसैले भन्नसक्ने अवस्था छैन । यदि यो भ्याक्सिन प्रभावकारी भयो र मानिसहरुलाई वर्षौसम्म कोरोनाबाट जोगायो र यो हरायो भने हाम्रो खोपको बजार पनि हराउनेछ ।” उनले भने ।

सोरियटले धेरैजसो विज्ञहरुले कोरोनाविरुद्धको भ्याक्सिन पटक पटक लगाउनु पर्ने हुनसक्ने विश्वास लिएको बताए । “यदि वर्षैपिच्छे त्यसो गर्नुपर्ने हुन्छ भने हामीले यसबाट सन् २०२२ देखि आर्जन गर्न थाल्नेछौ । तर हामीलाई यसका लागि भ्याक्सिनले पूर्ण रुपमा काम गर्छ भनेर सुनिश्चित हुन आवश्यक छ ।

एस्त्रेजेनेकाले विकास गरिरहेको भ्याक्सिन गत सेप्टेम्बर महिनादेखि तेस्रो चरणमा प्रवेश गरेको थियो । बेलायतका सहभागीमा स्वास्थ्य समस्या देखिएपछि यो भ्याक्सिनको परिक्षण केही समय रोकिएको थियो ।

एस्त्रेजेनेकाले विकास गरिरहेको भ्याक्सिन नियामक निकायबाट प्रमाणित भए त्यसको आपूर्तिका लागि युरोपियन युनियन, अमेरिका, जापान र ब्रजिलले सुरुवाती सम्झौता गरिसकेका छन् ।

यस्तै सुरक्षासँग सम्बन्धी डेटाहरु जम्मा गरेपछि चीनमा यो भ्याक्सिनलाई सन् २०२१ को मध्यबाट प्रयोगका लागि अनुमति दिइने एस्त्रेजेनेकाका चिनिया सञ्चालन प्रमुख लियोन वाङले बताएका छन् । (बिजशाला, साउथ चाइना मर्निङपोष्टबाट भावानुवाद)

प्रतिक्रिया

सम्बन्धित