मङ्सिरदेखि पर्यटकीय गतिविधि खुल्ला : मन्त्री भट्टराई

सोलुखुम्बु / संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएको हुन् ।

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

मन्त्री भट्टराई मङ्सिरदेखि पर्यटकीय गतिविधि खुल्ला हुने बताए पनि अहिले धेरै जसाे पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटककाे भिड लाग्न थालेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित