रंगेली अस्पतालका ७ चिकित्सक र नर्स माथि कार्वाहीकाे सिफारिस

माेरङ / रंगेली अस्पतालका ७ चिकित्सक र नर्स माथि कार्वाहीकाे सिफारिस भएकाे छ । कार्तिक ६ गते राति नर्सिङ क्वाटरमा अस्पतालका चिकित्सकहरुले मदिरा सेवन गरेकाे बिषयमा उत्पन्न परिस्थितिले उनीहरूलाइ कार्वाहीकाे सिफारिस गरिएकाे हाे । बाहिरी चिकित्सक सहित निजी औषधी व्यापारीलाई राखेर अस्पतालका चिकित्सकहरुले मदिरा सेवन गरेका थिए ।

याे बिषयकाे समाचार बाहिरिए पछि कार्तिक ७ गतेे डाक्टरहरु डिउटि राेष्टम छाडेर हिनेका थिए । याे बिषयकाे चाैतर्फि आलोचना भएपछि रंगेली नगरपालिकाले डिउटि राेष्टम छाडेर भागेका सात जना डाक्टरहरूलाई कार्वाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ । नगरपालिकाले अस्पतालमा कार्यरत डा. सुनिल कुमार चौधरी, डा. रोशन झा, डा. लक्ष्मि नारायण कामत, स्टाफ नर्स वर्षा श्रेष्ठ, अनिता कुुुमारी मेहता, अनमी यशोदा भण्डारी र आस्मा माझीलाई कार्वाहीकाे लागि सिफारिस गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित