नौ हजार थान व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौँ / कोरोना सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि एक्सनएड नेपालले नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा एक्सनएड नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रु एक करोड ६२ लाख ४३ हजार ३४३ बराबरका ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरित सुरक्षा सामग्रीमध्ये चार हजार थान स्वास्थ्य मन्त्रालयले आवश्यकतानुसार वितरण गर्ने र बाँकी पाँच हजार ४५७ थान काठमाडौँ, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लाका स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित