कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ ।परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ, संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ । यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन ।कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित