बीएण्डसीका ४० जना स्वास्थ्यकर्मीले कोरोना जिते, हस्पिटलद्धारा सुरक्षित रुपमा सेवा प्रवाह

झापा / झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । झापासहित देशभर कोरोनाको संक्रमण बढी रहेका बेला अग्रस्थानमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । १४ दिन अघि कोरोना पोजेटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले आज कोरोना जितेको बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

कोरोना देखिएपछि सबैलाई अस्पतालले छुट्टै होम आइसोलेसन तथा अस्पतालकै आइसोलेसनमा राखेर उनीहरुको उपचार गरेको थियो । कोरोना जितेका चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्चमनोबल बनाउन र संक्रमण हुदैंमा मरिन्छ भन्ने नसोच्न आग्रह गरेका छन् । स्वास्थ्य सावधानी अप्नाएर सुरक्षित भएमा सहज रुपमा कोरोना जित्न सकिने उनीहरुको भनाई छ ।

यसैबीच बीएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले दशैंको अवधिमा पनि आफ्ना सेवाहरु सूचारु राख्ने भएको छ । बिगतका बर्षहरुमा समेत सबै सेवा सञ्चालन गर्दै आएको बीएण्डसी हस्पिटलले यो वर्ष पनि सबै सेवालाई सूचारु राख्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

पूर्वकै सुविधा सम्पन्न अस्पताल रहेको र सबै विरामीहरुको उपचार गर्दै आएको बीएण्डसी हस्पिटलले कोरोनाको कहरको यो अवस्थामा पनि आफ्ना सेवाहरु बन्द नगरि सुचारु राखेको बताइएको छ । अस्पतालमा प्रदेश–१ का सबै जिल्ला तथा पश्चिम नेपाल र भारतका विभिन्नबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । बीएण्डसी हस्पिटल सुरक्षित रहेको र सबै सेवाहरु सुचारु रहेकाले गलत भ्रममा नपर्न आग्रह गरिएको छ ।

बीएण्डसी हस्पिटलमा कोरोना छ भन्दै गलत हल्ला फैल्याएको प्रति अस्पतालले उक्त हल्लाको पछि नलाग्न र बीएण्डसी हस्पिटल सुरक्षित रहेको र सबै सेवाहरु निरन्तर रुपमा सञ्चालन भइरहेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित