२० जनाद्धारा प्लाज्मा दान

चितवन / कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसको अबसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनीहरुले प्लाज्मा दान गरेका हुन । नारायणगढमा भएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीहरुलाई उपचारमा सहज वनाउनका लागि प्लाज्मा दान गरेका हुन ।

कोरोनामुक्त बनेका प्रहरी र सर्वसाधरणले प्लाज्मा दान गरेका हुन । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए । कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त बनेका व्यक्तिबाट शरिरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए । उनका अनुसार अब दशैपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित