मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौँ / विश्व दृष्टि दिवस २०२० का अवसरमा मोतियाबिन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पण र किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको संयुक्त आयोजनामा आज १५ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

‘दृष्टि प्रतिको आश’ भन्ने मूल नाराका साथ मनाइएको विश्व दृष्टि दिवस २०२० को अवसरमा चन्द्रागिरी क्षेत्रमा बसोबास गर्ने उनीहरुको किर्तिपुर आँखा अस्पतालमा शल्यक्रिया गरिएको लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दिपक बंशलले जानकारी दिए । मोतियाबिन्दुका विरामीलाई निःशुल्क शल्यक्रियाको साथ प्रयोगशाला, प्रि अपरेटिभ जाँच, आवश्यक औषधि बितरण गर्नुका साथै फलोअपको समयमा समेत पैसा नलाग्ने डाक्टर विनिता शर्माले बताए । लायन्स क्लब अफ काठमाडौँ समर्पणले यसअघि किर्तिपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने १७ व्यक्तिको निःशुल्क शल्यक्रिया गरिसकेको छ ।

यसअघि लायन्स क्लब अफ काठमाडौँ समर्पणले निम्न आय भएका कोरोना सङ्क्रमित बिरामीका लागि ‘अक्सिजन बैँक’ स्थापना गरी निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गरेको लायन्स क्लब समर्पणका सदस्य विवेक शर्माले जानकारी दिए । उक्त क्लबले २०० सिलिण्डरसहितको ‘अक्सिजन बैँक’ स्थापना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित