बहराइनका राजकुमारले चढे मनास्लु हिमाल

काठमाडौँ / बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको हो ।

बिहीबार बिहान ७ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको पर्यटन विभागकी मिरा आचार्यले जानकारी दिइन् । राजकुमारसहित ५० जनाको उक्त आरोहण टोली गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित