इटहरीस्थित बेबिलाेन कलेजमा कक्षा ११ का विद्यार्थीलाई ओरेन्टेशन

इटहरी / सुनसरीकाे इटहरीमा रहेको बेबिलाेन कलेजले कक्षा ११ का विद्यार्थीका लागि ओरेन्टेशन कार्यक्रम आयाेजना गरेको छ । इटहरी ४ मा रहेकाे उकत कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि ओरेन्टेशन कार्यक्रम आयाेजना गरेको हाे । कलेजमा व्यवस्थापन, विज्ञान, शिक्षा शास्त्र, कानुन तथा होटल मेनेजमेन्ट विषयमा पठनपाठन हुने गरेकाे छ ।

कलेजले यसै बर्ष देखि सुविधा सम्पन्न नयाँ भवनबाट प्लस टु तहका कक्षा संचालन गरेकाे कलेजका संचालन पुष्प अधिकारले जानकारी दिए । प्रत्येक कक्षा काेठामा एसी, स्मार्ट बोर्ड तथा प्रोजेक्टर रहेका छन् । बेबिलाेन सबै भन्दा धेरै विषयमा पठनपाठन हुने इटहरीकाे पहिलो कलेज भएको संचालन अधिकारीले बताए ।

ओरेन्टेशन कार्यक्रमा दुइ सिस्टमा गरी ११० जना भन्दा धेरै विद्यार्थीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा हाेटल मेनेजमेटका विद्यार्थीहरूले बार टेनडाेरकाे नमूना पनि देखाएका थिए । साथै हाेटल मेनेजमेन्टका विद्यार्थीहरुलाई बार टेनिङ् निशुःक गराइएको अधिकारले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित