आकस्मिक र कोरोना बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ । अनशनरत डा. गोभिन्द केसीको माग पूरा गर्न दवाव दिँदै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ । संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । डा. केसी आमरण अनसनमा बसेको आज २७ दिन पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित