कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि बीर अस्पतालकाे आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

यसअघि उनले सामाजिक सन्जालमार्फत् आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन आग्रह गरेकी थिइन् । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । भारतको नयाँदिल्लीमा क्यान्सरको उपचार गराएकी उनले उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित