प्राविधिक शिक्षामा विद्यार्थीको रोजाईमा परेको सामुदायिक विद्यालय

इटहरी / सुनसरीको इटहरीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्न सफल भएको छ । विद्यार्थीको मनोभावना अनुरुप अध्ययापन गराउदै व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएकाले विद्यार्थीको रोजाइमा पर्न सफल भएको हो । विद्यालयमा कक्षा वालबिकास देखि कक्षा १२ सम्म तथा प्राबिधिक तर्फ डिप्लोमा इन सिभिल इन्जिनीयरिङ सम्मकाे पठनपाठ हुने गरेकाे छ । सुनसरीका अब्वल सामुदयीक विद्यालय भित्र अटाउने याे विद्याल प्रदेश १ मा पनि उत्कृष्ट भित्र पर्ने गर्दछ ।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लिन चाहनेको सङ्ख्या बढिरहेको छ । प्रबिधिक शिक्षाका लागि सुनसरीका साथै प्रदेश नं १ र २ का विभिन्न जिल्लाबाट समेत विद्यार्थी आउने गरेका छन् । याे विद्यालय अन्य शैक्षिक संस्थाकाे तुलनामा नतिजामा समेत अगाडि रहेकाे छ । विद्यालयबाट सफल भएका विद्यार्थी राेजगारीमा लागेका छन् । भने केही सरकारी सेवामा समेत लागिसकेका छन् ।

आसपासका क्षेत्रका कलेज तथा विद्यालयहरुमा भन्दा शुल्कमा सहुलियत भएकाले पनि विद्यार्थीकाे आकर्षण बढि भएकाे प्राध्यानाध्यापक सरन कुमार बस्नेतले बताए । आकर्षक भौतिक संरचना, प्रविधिकाे प्रयाेग, विद्यार्थी मैत्री कक्षाकोठा, अतिरिक्त सामाग्री सहितको लाइब्रेरी, विद्यार्थी मैत्री वातावरणले पनि विद्यार्थीकाे राेजाइमा पर्न सफल भएकाे उनकाे भनाइ छ ।

विद्यार्थीहरुको बौद्धिक विकासकालागि विभिन्न प्रकारका प्रतियोगिताहरुसमेत आयोजना गर्दै आएको छ । पठनपाठनमा आधुनिक पद्धतीहरु अवलम्वन गर्दै यस विद्यालयले प्रयोगात्मक क्रियाकलापहरुलाई पनि जोड दिँदै आएको छ । कक्षा ११ र १२ विज्ञान, व्यवस्थान र शिक्षाका विषयमा पढाइ हुने गरेकाे छ । यस तहमा समेत विद्यार्थीकाे चाप धेरै रहेकाे सहायक प्राध्यानाध्यापक लक्ष्मी प्रसाद सुवेदीले बताए । कक्षा वालबिकास देखि ९ सम्म पनि विद्यार्थीकाे चाप धेरै रहेकाे र सिमित सिटमा मात्र भर्ना लिने गरेकाे उनले जानकारी दिए ।

डिप्लोमा इन सिभिल इन्जिनीयरिङ दोस्रो र तेस्रो वर्षको साथै कक्षा ११,१२ काे अनलाइन माध्यमबाट कक्षा संचालन भइरहेकाे छ । साथै अन्य कक्षाको पनि अभिभावकहरुकाे सल्लाह, सुझाव र निर्णय अनुसार अनलाइन तथा अफलाइन माध्यमबाट सिकाइ सहजीकरण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित