टेबुलमा युवतीलाई बसालेर दाँतले उठाउने यी युवक

काठमाडौं / के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल ! धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ?

आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

उनले सन् २००८ मा राखेको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । जर्जेन क्रिस्टन नामका ती युवकले १२ किलो तौलको टेबुलमा एकजना ५० किलो तौलकी युवतीलाई बसालेर कूल ६२ किलो तौल आफ्नो दाँतले उठाइदिए ।

लक्जेम्बर्गका नागरिक रहेका जर्जेनले युवती बसेको टेबुललाई दाँतमा उठाएनन् मात्र दाँतमा अठ्याएर ११.८ मिटरसम्म हिँडेका थिए । ‘लो शो दि रेकर्ड’ भन्ने कार्यक्रममा उनले राखेको कीर्तिमानलाई गिनिज बुकले समेत समावेश गरेको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित