सप्तकोशीमा जेटबोट सुचारु

बराहक्षेत्र / कोरोना भाईरसको कारण लामो समय देखि रोकिएको जेटबोट सञ्चालन आएको छ । करोडौ लगानीमा भित्राईएको जेटबोट लामो समय नचल्दा आफुहरु पिडित भएको पर्यटन व्यवसायीहरुको भनाई छ । सुनसरीको बराहक्षेत्र स्थित चतराघाटबाट दोलालघाट र ताप्लेजुङको काबेली नदीसम्म यात्रा गराउने जेटबोट सञ्चालनमा आएको हो ।

बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले चीनबाट नयाँ र आधुनिक बोट ल्याएर सञ्चालनमा ल्याएको थियो । लामो समय देखि सञ्चालनमा नखाउँदा आफुलाई करोडौ घाटा भएको सञ्चालक नवीन पौडेलले जानकारी दिए। सुरु भए सँगै १० घण्टासम्म हिँड्नुपर्ने भौगोलिक अवस्थालाई जेटबबोटमो २० मिनेटमै पुराउन थालेको छ ।

आन्तरिक र बाह्य पर्यटक तथा यात्रु लक्षित गरेर ल्याएको जेटबोट सिट र छानो सहितको छ । चक्रघट्टीमा रिसोर्टसहित कम्पनीले ७ करोड लगानी गरेको जनाएको छ। चतरादेखि सिम्लेसम्मका लागि सयजना क्षमताको एयर कन्डिसन, डिजिटल सूचना पाटी र लाइट भएको जेटबोट चलाईरहेको छ । कोरोना पछि सामान्य चहल पहल सुरु हुन थालेको पौडेलको भनाई छ । करोडौको लागनी गरेर पनि कमाई नहुदा आफु मार्कामा परेको उनी बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित