धरानका कोरोना संक्रमित पुरुषको मृत्यु

धरान / धरानका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको सोमबार बिहान ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उपचारका लागि बीपीमै भर्ना गरिएका पुरुषमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा गत शुक्रबार कोरोनो संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई बीपीकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको डा. श्रेष्ठले बताए । उनका अनुसार मृतकमा मृगौला र उच्च रक्ताचाप सम्बन्धी पुरोनै समस्या थियो ।

प्रतिक्रिया

सम्बन्धित