झापाको मेचीनगरमा प्रदेश १ कै पहिलो पाँचतारे होटल “होटल मेची क्राउन” संचालनमा (तस्विरहरु सहित)

झापा । झापाको मेचीनगरमा प्रदेश नम्बर १ कै पहिलो पाँचतारे होटेल “होटल मेची क्राउन” बुधबारदेखि संचालनमा आएको छ । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा सो होटल सञ्चालन भएको हो । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नंम्बर १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए । फराकिलो बगैँचा (पार्क) पानीको विशाल फोहोरा, हावा घर, हेलिप्याड, पाँच सयभन्दा धेरै सवारी अट्ने पार्किङ, स्वीमिङ पूलसहितको निकै आकर्षक होटल खोलिएको कार्कीले जानकारी दिए। विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमले ‘होटेल मेची क्राउन’को सञ्चालन गरेका हुन् । जसमा दीपक लेखक, यादव पाण्डे, विशान शाह र विवेक विष्ट साझेदार रहेका छन् ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ । होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।

सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरु छन् । झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ । होटेलमा ५ वटा सुइट रुमका , १० भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स रूम रहेको होटेलका जर्नल मेनेजर नितेश पोखरेलले बताए।

भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा स्तरीय होटेल नभएकाले १२ किलोमिटरको दूरीमा होटललाई ट्रान्जिट बनाएर नेपालमा पर्यटक भित्र्याउन सकिने अपेक्षा रहेको होटेल व्यवस्थापकहरु बताउछन् । यसले भारतीय र बंगलादेशी नागरिकलाई नेपाल छिर्न सहज हुनेछ । अर्कोतर्फ यहाँबाट खर्चालु पर्यटक भित्राउन सकिने अपेक्षा समेत व्यवसायीले गरेका छन् । प्रदेश १ लाई पर्यटकीय हव बनाउने उदेश्य गरेका अध्यक्ष लेखकको भनाइ छ । सगरमाथा कञ्चनजंगा, इलाम, पाथिभरा, हलेसी जस्ता पर्यटकिय स्थलहरू भए पनि पूवाञ्चललाई पर्यटकीय गन्तब्य नमानिने गरेको उनले बताए ।

त्यसैगरी भारत र बंगलादेशी खर्चालु पर्यटकलाई नेपालसम्म तान्न ठूला क्यासिनो सञ्चालनको समेत तयारी गरेको छ । यहाँ भेगास क्यासिनोले संरचना बनाइरहेको छ । क्यासिनो सञ्चालनमा आपछि एकैपटक करिव ७ सय जनाले रोजगारी पाउने ‘द पिक हस्पिटालिटी’का अध्यक्ष दिपक लेखकले बताए । होटेल पूर्ण क्षमतामा चल्दा कुल ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । होटेलले सतप्रतिशत नेपाली कर्मचारीलाई रोजगारी दिने लक्ष्य रहेको लेखक बताउँछन् ।

कोरोना महामारीले पर्यटन व्यवसाय ठप्प भएको साथै अझै कति समय यो अवस्था रहने हो टुंगो छैन, यस्तै परिस्थितिकाबीच युवाहरूको समुहले पाँचतारे होटेलको ‘गृहप्रवेश’ गरेका छन् । यही टिमले पहिलोपटक आफैं होटेल प्रोपर्टी सुरु गरी सञ्चालन तथा व्यवस्थापन गर्न लागेको लेखकले जानकारी दिए । खकका अनुसार पाँचतारे होटेल परामर्श, सञ्चालन तथा व्यवस्थापन आफै गर्ने पहिलो नेपाली ब्राण्ड हो ।

 

प्रतिक्रिया

सम्बन्धित