विराटनगरमा सुनसरीको दुहवीका कोरोना संक्रमितको मृत्यु

विराटनगर / विराटनगरमा सुनसरीको दुहवी घर भएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको हो । अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा. यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित