विराटनगरमा महमारीका बिच परिक्षा तालिका प्रकाशन, साझा युवा संगठनकाे आपत्ति

विराटनगर / विराटनगरमा काेराेना महमारीका बिच परिक्षा संचालनकाे तयारी थालिएकाे छ । विराटनगर महानगरपालिकाले आफ्नो नगर भित्र रहेका सम्पूर्ण विद्यालयको कक्षा ११ अन्तर्गत सबै संकायको परीक्षा तालिका प्रकाशन गरेकाे छ । महानगरपालिकाले असाेज २५ गते देखि कार्तिक ३ गते सम्मकाे परिक्षा तालिका सार्वजनिक गरेकाे छ । कोरोना भाइरसको जोखिम कायमै रहेकोले अविभावक र विद्यार्थी भने त्रासकाे मनस्थितिमा रहेका छन् । विराटनगर तथा देश भर संक्रमण फैलिरहेकाे अवस्थामा विराटनगरमा परिक्षा तलिका सार्वजनिक भएकाे हाे ।

परिक्षा तालिक प्रकाशन भए पश्चात साझा युवा संगठन प्रदेश नम्बर १ ले आपत्ति जनाएकाे छ । नेपाल सरकारले परिक्षा गराउने जिम्मा स्थानीय तहको मातहतमा दिएको भएता पनी स्थानीय सरकारले समुदाय स्तरमै बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर नगरी कुनै एक सांगठनिक शैक्षिक संस्थालाई मात्र मध्यनजर गरेर कक्षा ११ को परिक्षा तालिका सार्वजनिक गरेको संगठनले बताएकाे छ । विषम परिस्थितिमा स्थानीय सरकारले विद्यार्थी र अविभावकको मनोविज्ञान नबुझी शैक्षिक संस्थाको दवावमा परि परिक्षा संञ्चालन गर्ने तयारी गर्नु गलत रहेको साझा युवा संगठन प्रदेश नम्बर १ का संयोजक सरोज नेपाल बताए ।

भौतिक रुपमै उपस्थित भएर परिक्षा दिनु पर्ने भएकाले कोरोनाको जोखिम अझ बड्ने विद्यार्थी र अविभावकको गुनासो रहेका छन् । परिक्षा नियन्त्रण कार्यालय समेत तत्काल परिक्षा नलिएकाे भए हुन्थ्यो भन्ने मनस्थितिमा रहेकाे बुझिएकाे छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल समेत तत्काल परिक्षा तथा विद्यालय संचालन नगर्न अनुराेध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित