‘बेलुन उडाएर मनाइयाे पर्यटन दिवस’

धरान / आज ४१ औं पर्यटन दिवसकाे देशभर भव्य कार्यक्रमको आयोजना विना नै यो दिवस मनाइएको छ । गत बर्ष यही दिवस विभिन्न कार्यक्रम गरी मनाइएको भएपनि यस बर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा प्रभावित बनेको हो । विश्व पर्यटन दिवसकै अवसरमा गत बर्ष धुमधामसंग मनाइएको यो दिवस धरानमा समेत भव्यताका साथ मनाइएन् । यस बर्ष दीगो विकासका लागि ग्रामीण पर्यटन भन्ने मुल नाराका साथ मनाइएको पर्यटन दिवस धरान उपमहानगरपालिकामा पर्यटन व्यवसायीको आयोजनामा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बेलुन उडाएर मनाइएको छ ।

विश्व व्यापी कोरोनाका कारण भ्रमण बर्ष २०२० समेत प्रभावित बनाएको बताउदै कोरोना भाइरस सबैभन्दा बढी पर्यटन व्यवसायी मारमा परेको पर्यटन व्यवसायी बासुदेव बरालले बताए । उनले अहिले जीवन मरणको लडाइमा रहेका नेपालीहरुको हरेक व्यवसाय चौपट भएपनि पर्यटन व्यवसाय भने उठ्नै नसक्ने गरी थला परेको बताए ।

पर्यटनलाई ध्रान उपमहानगरपालिकाले महत्वपूर्ण पाटोको रुपमा लिदै आएको धरान उपमहानगरपालिकका प्रमुख तिलक राईले बताए । उनले पर्यटन दिवसकै पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकबीच महत्वपूर्ण समझौता भएको बताए । धरानलाई केन्द्रविन्दु बनाएर प्रदेश नंं १ को पर्यटकीय गन्तव्यको विकासमा यो सम्झौताले ठूलो महत्व राख्ने बताए ।

अहिलेको अवस्थामा पर्यटन क्षेत्र तहसनहस भएको बताउदै प्रमुख राईले पर्यटन क्षेत्रको विकासमा भविष्यमा धरान उपमहानगरपालिका महत्वका साथ अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित