डाक्टर केसीको पक्षमा विराटनगरमा एक घण्टा अनसन

विराटनगर । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेको डाक्टर गोबिन्द केसीको पक्षमा विराटनगर युवाहरु एक घण्टा अनसन बसेका छन् । शनिबार विराटनगर ट्राफि चोकमा युवाहरु एक घण्टा अनसन बसेका हुन । भदौ २९ बाट डाक्टर केसी १९‍औं अनसनमा छन् । जुम्लाबाट अनसन सुरु गरेका केसी केही दिनयता त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छन् । उनको स्वास्थ्य बिग्रिदै गएको छ ।

डाक्टर केसीकाे जीवनरक्षा र उनले उठाएको माग सम्बोधन गर्न माग गर्दै युवाहरुले एक घण्टा अनशन बसेको युथ कांग्रेस प्रदेश १ संयोजक सविन दाहालले जानकारी दिए । युथ कांग्रेसको अगुवाईमा भएको विरोधमा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित