+2 सुरु गर्दै बेबिलोन : थोरै विद्यार्थीमा स्तरीय शिक्षा दिइने

इटहरी । विगत लामो समयदेखि स्कुल तहमा कक्षाहरु सञ्चालन गर्दै आएको बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुलले प्लस टु तह सुरु गरेको छ । इटहरी ४ स्थित आइतबारेस्थित सुविधासम्पन्न भवनमा विद्यालयले प्लस टु तह सुरु गरेको हो । व्यवस्थापन, विज्ञान, शिक्षा शास्त्र, कानुन र होटल मेनेजमेन्ट विषयमा भर्ना खोलेको हो । दक्ष तथा अनुभवी प्राध्यापक, व्यवस्थापन समिति र सञ्चालकहरुको टिमसहित उक्त तह सञ्चालनमा आएको हो ।

विद्यालयले गुणस्तरीय शिक्षाको लागि सम्झौता नगर्ने सञ्चालक पुष्प अधिकारीले बताए । ‘हामीले इटहरी र आसपासमा खुलेका क्याम्पसहरुले दिइरहेका सेवा देखेका छौं,’ उनले भने, ‘हामी थोरै विद्यार्थीमा स्तरीय शिक्षा दिने सोँचमा छौं ।’

विद्यालयले लोकेसन र भौतिक पूर्वाधारलाई समेत ध्यान दिएको उनको भनाई छ । ‘इटहरीको आइतबारेमा क्याम्पस सञ्चालनमा ल्याएका छौं, जोकोहीलाई पुग्न सहज छ,’ उनले भने, ‘विद्यार्थीहरुलाई कक्षामा बस्दा पनि राम्रो अनुभव होस् भनेर त्यहीअनुसारको पूर्वाधार विकास गरेका छौं ।’ एसी, स्मार्ट बोर्ड र प्रोजेक्टरजडित स्मार्ट कक्षा कोठा छ भने ल्याब रुम पनि नयाँ र अत्याधुनिक रहेको छ ।

होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई इन्टर्न गर्नको लागि युरोपियन मुलुकसमेत पठाउने बताइएको छ । उत्कृष्ठ ल्याबसहित प्लस टु एचएम, डीएचएम र सिटिइभीटीको प्रमाणपत्र विद्यार्थीलाई दिइने उनले बताए । विद्यालयले दुहबी, इनरुवा, कालाबन्जार, उर्लाबारीसम्म बस सेवासमेत सञ्चालन गर्ने भएको छ । एक सय भन्दा बढी विद्यार्थीहरु भर्ना भइसकेको जनाइएको छ । विद्यालयले आगामी वर्षदेखि बीबीएस, बिएसडब्लु बीबीए कक्षासमेत सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित