सुनसरीमा शैक्षिक गतिविधि संचालनमा राेक

इटहरी / जिल्ला प्रशासान कार्यालय सुनसरीले शैक्षिक गतिबिधिमा राेक लगाएकाे छ । नेपाल सरकारले विद्यालय, कलेज, तालिम केन्द्र, ट्युसन सेन्टरमा लगाएकाे प्रतिबन्ध कायमै रहेकाले जिल्ला प्रशासान सुनसरीले सबै स्थानीय तहमा लागु हुनेगरी त्यस्ता गतिविधि नगर्न भनेको हाे । अहिले सुनसरीका केहि विद्यालयले विद्यार्थी भेला परेर पठनपाठन सुरू गरिसकेका छन् । भने धेरै जसाे विद्यालय यसकाे तयारीमा छन् । पठनपाठन सुरू गरेका तथा तयारीमा रहेका विद्यालयमाहरू जिल्ला प्रशासनकाे यस्ताे पत्रबाट अन्याैलमा परेकाे देखिन्छ । संक्रमण तिब्र रूपमा फैलिरहेकै भए पनि केहि विद्यालयहरू बैकल्पिक सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालय खाेल्न सुरू गरेका थिए ।

यहि समयमा शिक्षा बिकास तथा समन्वय इकाइ सुनसरी बाेधार्थ रहेकाे पत्र जिल्ला प्रशासान सुनसरीले जारी गरेकाे छ । निगरानी र नियमनकालागि शिक्षा विकास तथा समन्वय ईकाइ सुनसरीलाई परिपत्र गर्दै अटेर गर्ने शैक्षिक संस्था उपर कार्वाही समेत गर्न सकिने गरी व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । प्रशासनले स्थानीय तहले आफु मातहतमा रहेका शैक्षिक संस्था र तीनका गतिविधि उपर सरकारी निर्णय अनुरुपको व्यवस्था लागु गराउन समेत भनेको छ । सुनसरीमा निजी विद्यालयले घुम्ती कक्षा, ट्युसनका साथै विद्यालयमै समेत विद्यार्थी बोलाएर कक्षा संचालन गर्न थालेपछि प्रशासनले उक्त कार्य तत्काल गर्न नपाइने व्यहोरा सहितको सूचना जारी गरेको हो ।

साथै जिल्ला प्रशासानले अन्य गतिबिधिमा प्रतिबन्ध कायमै रहेकाे बताएकाे छ । सभा, गाेष्ठि, तालिम, प्रदर्शन, भेला, सम्मेल, सिनेमा हल, पार्टिप्यालेस लगायतका मनाेराेञ्जनका स्थल संचालनमा राेक लगाइएकाे छ । त्यसैगरी सैलुन, ब्युटिपार्लर तथा स्प, स्वीमिङपुल जिम खाना पनि संचालन नगर्न भनिएकाे छ । समुहमा हुने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति, अन्तराष्ट्रिय खेल तथा प्रशिक्षण, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्राहलय र चिडियाखानामा पनि प्रतिबन्ध कायमै गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित