धरान स्थित वी.पी. प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

धरान : वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहका एक संक्रमितको मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पतालबाट रिफर गरिएका ५० बर्षिय एक पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मस्तिस्कमा पक्षघात भएर हिजो साँझ अस्पताल भर्ना भएको अस्पतलाले जानकारी दिएको छ । बिराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा मृतकमा कोरोना पुष्टी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित