मोरङका संक्रमित पुरुषको धरानमा मृत्यु

विराटनगर / कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारराति मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ घर भएका ४० वर्षीय पुरुषको राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उपचारका लागि प्रतिष्ठान लगिएका मृतकको स्वाब संकलन गरेर प्रतिष्ठानकै ल्याबमा परीक्षण गराउँदा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।

अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा कुनै पनि दीर्घ रोग रहेको नपाइएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए । विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको पनि उपचारका क्रममा आइतबार दिउँसो प्रतिष्ठानमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित