जनता क्याम्पसका प्राध्यापक राजन भट्टराई निलम्बित

इटहरी / इटहरीस्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराई निलम्बनमा परेका छन् । केही समय पहिले क्याम्पसका प्राध्यापक कृष्णकला राईलाई फोनमा यौन दुर्व्यवहारको घटना सुनाएको र यौनजन्य गतिविधिमा संलग्न हुन खोजेको भन्दै भट्टराईलाई निलम्बन गरिएको हो । भट्टराईले राईलाई मदिरा सेवन गरी श्रावण २८ गते रातको १० बजे फोन सम्पर्क गरी यौन क्रियाकलापको घटना सुनाएका थिए ।

यस बिषयमा विद्यार्थी संगठनहरुले पीडकलाई कारबाही हुनुपर्ने माग गर्दै आएका थिए । त्यसक्रममा संगठनहरुले क्याम्पस संचालक समितिका अध्यक्ष रेवतिरमण भण्डारी र प्राध्यापकद्वय भट्टराई र राईलाइ क्याम्पस प्रबेश निषेघ गरेका थिए । भने यसमा प्रेस युनियन सुनसरीले समेत चासाे देखाएकाे थियाे । युनियनले पडितलाइ झन पिडा दिने कार्य बन्द गर्न भनेकाे थियाे ।

जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले पीडक भनिएका भट्टराईलाई दुई महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको बताइएकाे छ । भट्टराईलाई कारबाही स्वरुप दुई महिना क्याम्पसबाट निलम्बन गर्ने निर्णय भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित