कोरोनालाई भयाभह बनाइयो, बीएण्डसीमा कुनै समस्या छैन : प्रसाई

झापा / वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोनालाई भयावह बनाएको बताएका छन् । शनिवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा कोरोना संक्रमणका विरामी रहेको तर उनीहरु सबै सामान्य अबस्थामा रहेको बताए । समाजमा कोरोना संक्रमितलाई अर्काे ग्रहबाट आएको मान्छे झैं गरेर गाउँमा पस्न र बस्न नदिने अवस्था सृजना गरिएको भन्दै कोरोना भन्दा अन्य रोगका कारण नेपालमा धेरै मानिसको मृत्यु भएको बताए । कोरोना संक्रमण मुक्त भएर गएका मानिसलाई पनि गाउँमा पस्न नदिएर भयावह अवस्था सृजना गरेको भन्दै कार्यकारी निर्देशक प्रसाईले कोरोनालाई त्यस्तो भयावह नबनाउन आग्रह गरे ।

‘ मेची अञ्चलको स्वास्थ्यकोे जिम्मा बीएण्डसीलाई र क्यान्सरको जिम्मा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दिँदा हुन्छ’ मैले पाँच छ महिना अघि नै पत्रकार सम्मेलन गरेर भनेको थिए, प्रसाईले भने – क्यानसरको जिम्मा नेपालको मात्रै होइन दक्षिण पूर्वी एसियाकै जिम्मा लिने गरी दुई वटा संस्था मिलेर अघि बढेका छन् । अत्याधुनिक प्रविधिका उपकरण जडित अस्पतालमा सबै रोगको उपचार हुने भन्दै कोरोना संक्रमितको समेत छुट्टै आइसुलेसन वाडमा राखेर उपचार गर्न शुरु गरिएको प्रसाईको भनाई छ । हामीले कोरोना परीक्षणका लागि चासो देखायौं र कोरोना परीक्षण गर्दा वीएण्डसीमा कोरोना देखियो प्रसाईले भने अन्य अस्पतालले पनि विरामीको परीक्षण गर्नु हो भने सबै अस्पतालमा यसको संक्रमण देखिन्छ । कोरोना नेपालीका लागि सामान्य जस्तै भएको छ यो भन्दा भयावह अन्य रोगका कारण मृत्यु हुने मानिसको तथ्याङ्कले नै देखाउँछ ।

कार्यकारी निर्देशक प्रसाईले एउटै छाना मुनी ११० जना डक्टरको टिम आफूसंग रहेको दावी गर्दै नेपालमा अन्य कुनै अस्पतालमा पनि यस्तो जनशक्ति नरहेको बताए । बीएण्डसी अस्पतालमा कार्यरत केही चिकित्सक, नर्स र कर्मचारी कोरोना संक्रमणका कारण आइसुलेसनमा हेका छन् । उर, उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका डा. राजु श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमण परीक्षण गर्दा डा. सहित केही कर्मचारीमा कोरोना संक्रमण देखियो उनीहरुमा कुनै लक्षण छैन डा. श्रेष्ठले भने – १४ दिनसम्म आइसुलेसनमा बस्ता कुनै लक्षण देखिएन र १४ दिनमा पुनः पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए सबै जना डिस्चार्ज हुन्छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले अस्पतालमा रहेको आइसोलेसनमा वस्ने कुनै पनि संक्रमितमा कुनै लक्षण नरहेको बताए । उनले संक्रमण पुष्टि भएपनि उनीहरुमा कुनै लक्षण नदेखिएकाले कुनै समस्या छैन,हामी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नियमित विरामीको सेवा गरिरहेका छौं ।

कोभिडको उपचारका लागि सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र बिराटनगरलाई मात्रै अनुमति दिएकाले जटिल प्रकारका विरामी आए उनीहरुलाई रेफर गर्ने गरिएको डा पराजुलीले बताए । उनले भने – कोभिडका सामान्य लक्षण भएका विरामी आए बीएण्डसीमा नै उपचार हुन्छ । अन्य रोग सरहनै लक्षणका आधारमा यो रोगको संक्रमण भएका विरामीको पनि छुट्टै उपचार हुन्छ डा पराजुलीले भने त्यसका लागि अस्पतालमा छुट्टै आइसुलेसन वाड तयार पारिएको छ । अस्पतालमा १० वेड आईसीयू सहित ४८ वडा आइसुलेन बेड तयार पारिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित