इटहरीस्थित स्किल क्याम्पसले विद्यार्थीलाई लर्निङ्ग म्यानेजमेन्ट सिस्टमबाट पढाउने

इटहरी / इटहरीस्थित स्किल क्याम्पसले विद्यार्थीहरुलाई लर्निङ्ग म्यानेजमेन्ट सिस्टमबाट पढाउने भएको छ । प्लस टु तथा स्नातक तहका विद्यार्थीहरुलाई कोर्ष बुक भएको ट्याबमार्फत पढाइनेछ । शैक्षिक सत्र २०७७ का लागि भर्ना खुलेको छ । कोरोना भाइरसको महामारीका कारण पठनपाठन प्रभावित बनिरहेको समयमा क्याम्पसले प्रविधिको प्रयोगलाई जोड दिएको क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले बताए ।

उनका अनुसार अनलाइन कक्षाबाट विद्यार्थीहरुलाई थप अनुशासित तथा अब्बल बनाउन मद्दत मिल्नेछ । विद्यार्थीहरूको उपस्थिति तथा पठनपाठनलाई प्रविधि मार्फत नै ट्र्याक गरिनेछ जसबाट विद्यार्थीहरुले अझ बढी प्रभावकारी सिकाएको फाइदा लिनेछन् ।

क्याम्पसले होटल मेनेजमेन्टका विभिन्न छोटो अवधिका तालिमहरु सञ्चालन गरिरहेको छ भने तीन वर्षदेखि प्लस टुसमेत सञ्चालन गरेको छ ।क्याम्पसमा अध्ययन गरेका कतिपय विद्यार्थीहरु नेपाल तथा विदेशका विभिन्न स्तरीय होटलहरुमा काम गरिरहेका छन् । क्याम्पसले यसै वर्षदेखि प्रत्येक वर्ष एक जना पत्रकारका छोराछोरीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्नेसमेत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित