‘जनता बहुमुखी क्याम्पसको प्रमुखमा पहिलोपटक महिला’

इटहरी / सुनसरीकाे इटहरी स्थित जनता बहुमुखी क्याम्पसको प्रमुखमा प्रा. डा गीता अधिकारीकाे नियुक्ति भएकाे छ । क्याम्पसकाे छैठौँ प्रमुखको रुपमा पहिलोपटक महिलालाई जिम्मेवारी दिईएको हो । विहिबारबाट लागु हुने गरि उनलाइ प्रमुखकाे जिम्मेवारी दिर्ईएको हो । निवर्तमान प्रमुख भाेजराज श्रेष्ठकाे कार्यकाल सकिए पछि अधिकारीले नै प्रमुखकाे काम गरिरहेकी थिइन् ।

२०५६ असाेज बाट क्याम्पसमा अध्यापन गराउँदै आएकी उनी सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । उनले इटहरी लेडी जेसीज २००५ को अध्यक्ष, लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडी चार्टर प्रेसिडेन्ट, रेडक्रस लगायतका संस्थामा रहेर काम गरेकी छिन् । २०६७ सालदेखि क्याम्पसकाे सहायक क्याम्पस प्रमुखको जिम्मेवारी रहेकी उनले केही समय अगाडि मात्रै विद्याबारिधी गरी नाममा डाक्टर लेखाएकी छन् ।

जनता बहुमुखी क्याम्पस प्रमुख प्रा. डा गीता अधिकारी

उनले कार्यकालमा अभिभावक, विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुका अपेक्षाहरुलाई सकेसम्म पूरा गर्न प्रतिवद्धता व्यक्त गरेकी छन् । क्याम्पसकाे सर्वाेपरि हित र विशुद्ध शैक्षिक वातावरण निर्माणमा सराेकारवाला सबै पक्षवाट सकारात्मक सहयाेगकाे अपेक्षा गरेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित